धुलिखेल । चर्चा नै चर्चा कमाएकी लोकप्रिय भिजि तथा हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्तैली ” गीतको भिडियो सार्वजनिक भएको छ ।

निशा राईको आवाजमा रहेको गीतमा भने शब्द रेमन राईको रहेको छ । इशान राईको संगीत कम्पोज,  महराजा थापाको संगीत-संयोजन रहेको छ । हामीले हेर्दा सोनिका प्रेम र रोमान्सको अनुभुती रुमलिएको देख्न सक्छौ ।

अहिलेको युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले गर्दापनि लोकप्रिय हुनेमा निमार्ण टिम विश्वस्त रहेको जनाउछन् ।

उत्तैलीलाइ दिपसङ डगोलको छाँयाकन, शक्ति प्रजोल घिमिरेको सम्पादन,  अमर दिप सापकोटाको भिडियो निर्देशन रहेको छ ।

गीतमा मोडल सोनिका रोकाया, मिलन क्षेत्री, विक्रम खड्का, धुव्र विक, इन्शु प्रजापति, सुरज खत्री, राय कुल, दिपशिखा दवाडी, सुजित बञ्जराको फिचरिङ रहेको छ ।

सोनीकाको रोमान्स भिडियो हेर्नुहोस :


तपाईको प्रतिक्रिया