सिन्धुपाल्चोक । नेपालि कांग्रेस केन्द्रिय कार्यसमितीले नेपाल विद्यार्थी संघको लागी तोकेको ३२ बर्षे उमेर हदको सिन्धुपाल्चोक नेपाल विद्यार्थी संघले स्वागत गरेको छ । साथै उसले पार्टीमा पनि ६० बर्षे उमेर हलको व्यावस्था गर्न माग गरेको छ । युवा नेतृत्वले मात्र देश विकास गर्न सक्ने भएकाले यस्तो निर्णयले युवाहरुमा जोस जाँगर थपिने नेवि संघका एक सदस्यले बताएका छन् ।

जहा विद्यार्थि त्यहा नेवि संघ भन्ने मुल ध्ययका साथ, केहि  बर्ष देखि सक्रिय हुन नसकेको सिन्धुपाल्चोक जिल्लाको नेपाली काँग्रेसको प्रमुख भातृ सस्था नेपाल विद्यार्थी संघमा यतिबेला जिल्लाभरीनै तरंग छाएको छ । नेवि संघ विद्यार्थिको साझा नेवि संघको नारा सहित नेवि संघ सिन्धुपाल्चोकका सचिब निरोजकुमार भन्डारी, सह-सचिव कपिलराज बनिया नेपाल विद्यार्थी संघ साबिक क्षेत्र नं २ का अध्यक्ष बासुदेव अधिकारी नेबि संघ साबिक क्षेत्र नं ३ का अध्यक्ष पवन घोरासैनी,क्षेत्रिय सचिब प्रबिण जंग कार्की नेबि संघ सिन्धु – काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष एवं इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका अध्यक्ष निश्चल गिरि नेबि सङ्ग सबिक क्षेत्र नं २ का उपाध्यक्ष दिनेश चौलागाईं लगायतका नेबि संघ सिन्धुपाल्चोकका अन्य विद्यार्थी नेताहरुको सक्रियतामा लगभग जिल्लाभरका बाह्रै स्थानिय निकाए भित्र पर्ने प्रयजसो क्याम्पस र माध्यमिक बिद्यालयहरुमा ईकाइ गठन कार्याक्रम भईरहेको छ  ।

साथै निरन्तर ईकाई गठन कार्यक्रम संञ्चालन पनि भईरहेको छ । लामो समय देखि अधिवेशन हुन नसकेका कारणले जिल्लामा केहि सेलाएको नेवि संघ केन्द्रिय समितिले माहाधिवेशनको मिति सार्वजनिक गरेसंगै जिल्ला भित्र रहेका क्रियाशिल नेताहरु नेबि संघमा लामो समय दुख गरि विद्यार्थी हकहितमा निरन्तर सक्रियता देखाएका अनुहारहरु यतिबे स्कुल क्याम्पस पुगिरहेका छन् । विभिन्न क्याम्पस तथा बिद्यालयहरुमा नव-आगन्तुक विद्यार्थीले नेवि संघ प्रति देखाउनु भएको उत्साहजनक सहभागिताका कारणले संगठन विस्तारमा उर्जा मिल्नुका साथै एकदमै हर्षित बनाएको नेपाल विद्यार्थी संघ सिन्धु-काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तथा इन्द्रावती क्याम्पस मेलम्चिका अध्यक्ष निश्चल गिरीले बताउनु भयो ।

सम्पुर्ण क्याम्पस तथा माध्यमिक बिद्यालयहरुको ईकाइ गठन कार्यक्रम संम्पन्न भए लगतै संघिय संरचना आनुसारको विद्यार्थी भेला कार्यक्रम तयार गरि आपसमा संगठनिक छलफलका साथै चियापान कर्यक्रम राखी विद्यार्थीहरु बिच पारसपरिक संम्बन्ध काएम गराउदै शैक्षिक सबलमा आगामि दिनमा नेवि संघको भुमिकार सुधारका प्रयासहरु लाई समेत भेलामा छलफल गराउनुका साथै शैक्षिक क्षेत्रमा सिन्धु जगतलाई उच्चतम परिबर्तनको दायरामा लादै आफ्नो पार्टी नेपालि काँग्रेसलाई बलियो र शसक्त गराउने उदेश्य राखिएको कार्कोले बताउनुभयो । साथै नेबि संघको अधिबेशन तोकिएकै समय अबधि भित्रै गराउन जिल्ला तथा केन्द्रलाई ससक्त रुपमा दबाब दिएको पनि उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया