धुलिखेल÷दुई सय बर्षभन्दा पुरानो गुम्बा लुट्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएपनि गुम्बाभित्रको चोरीएको बहूमुल्य मुर्ती र नगद ३ लाख ५० हजार र शंख भने प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

भदौं १९ गते काभ्रेको विकट खानीखोला गाँउपालिका–७ मा रहेको दुई सय बर्ष पुरानो छोईफेल कुन्देलिङ गुम्बामा रहेको पैसा र मुर्ती लुट्ने गिरोहका सातजनालाई प्रहरीले आईतवार सार्वजनिक गरेको हो । भदौं १९ गते रातीको समयमा गुम्बामा बस्ने ८४ बर्षिया तिलकबहादुर मोक्तान लामा गुरुलाई बन्दुर देखाएर लुट्ने गिरोहका सातजनालाई प्रहरीले सार्वजनिक गरेपनि गुम्बावाट लुटिएको नगद तीन लाख ५० हजार, बहुमुल्य बुद्धको मुर्ती तथा पुरानो शंखलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

प्रहरीले पनौती नगरपालिका–८ का विकास बञ्जारा, बेथानचोक गाँउपालिका–१ का निसान गोले, खानीखोला–१ जगतबहादुर गोले, खानीखोला–२ का रमेश थोकर, खानीखोला–७ का अनिल घिसिङ, पनौती नपा–५ का सुमन श्रेष्ठ, खानीखोला–२ का देशबहादुर भ्लोनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको साथवाट दुईथान मोटरसाईकल, मेड ईन चाईना लेखिएको आधुनिक पेस्तोल,एक थान सुनको लेपन गरिएको कचौरा र नगद २ हजार ४ सय ९० बरामत गरेको छ । प्रहरीले उनीहरुलाई मुलुकी ऐनको अपराध(संहिता ऐन) २०७४ अन्तरगत संगठित अपराध तथा डाँका अन्तरगत मुद्धा चलाएको जिल्ला प्रहरी क…


तपाईको प्रतिक्रिया