बनेपा÷सरकारले पाठ्यक्रममा किन नैतिक शिक्षा राखेको होला ? सानो बालबालिकाहरुलाई नैतिकवान र चरित्रवान बनाउनेको लागि । तर काभ्रेको एक विद्यालयका शिक्षक जो नैतिक तथा सामाजिक शिक्षा पढाउँछन् उनलाई प्रहरीले नैतिकता बेचेर नौ बर्षका दुई बालिकाहरुलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले पक्राउ लगत्तै अशोज १८ गते अनुशन्धानका लागि जिल्ला अदालत काभ्रेवाट सात दिनको म्याद थपेर अनुशन्धान गरेपनि प्रहरीवाटै सार्वजनिक गर्न नचाहेको जघन्य अपराध बलात्कारको गम्भिर घटना सार्वजनिक भएको छ ।
जिल्लाको बेथानचोक गाँउपालिका–४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक तथा नैतिक शिक्षा पढाउने राहत कोटाका ३१ बर्षका शिक्षक शंकर पहरीले कक्षा ५ मा अध्ययन गर्ने नौ बर्षका दुई बालिकालाई पटक–पटक बलात्कार भएको भन्दै उजुरी परेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाहेरी लगत्तै प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर थप अनुशन्धनाका लागि जिल्ला अदालत काभ्रेवाट अशोज १८ गते नै सात दिनको म्याद थपेर अनुशन्धान थालेको छ । ‘पिडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडी बढाएका छौं’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले भने ‘ नौ वर्षका दुईबालिकालाइ करणी र दुव्र्यवहार गर्ने शिक्षक पहरीलाइ अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’
बालिकाहरुका आफन्तले दिएको जाहेरीमा आरोपी शिक्षकले दुइ मध्ये एक बालिकालाइ कक्षा चार देखिनै संवेदनशिल अंगमा चलाउने, छुने जस्ता क्रियाकलाप गर्दै आएको कुरा उल्लेख छ । कक्षा चारदेखिनै दुव्र्यवहार गर्ने गरेका शिक्षकले आफ्नो प्रभावमा पार्न चकलेट किनिदिने र कुट्ने धम्की दिने गरेकाले घटना सार्वजनिक हुन सकेको थिएन ।
प्रहरीका अनुसार शिक्षक पहरीले केहि महिना देखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा बलात्कार गरेको आरोप जाहेरीमा छ । प्रहरीचौकी खोपासीमा जाहेरी दिन आएका पिडितलाई मिल्न विद्यालयका शिक्षकहरुले दवाव दिएपछि बलात्कारीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै पिडित बालिकाका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमै आएर जाहेरी दिएपछि प्रहरीले बलात्कारको आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धानका लागि सात दिनको म्याद थपेको हो ।


तपाईको प्रतिक्रिया