धुलिखेल । भुजेल विद्यार्थी मञ्च काभ्रेले २० जना विद्यार्थीलाई सम्मान गरेको छ । भुजेल विद्यार्थी मञ्च काभ्रेद्दारा आयोजना गरेको कार्यक्रम भुजेल विद्यार्थी मञ्च केन्द्रिय अध्यक्ष प्रकाश भुजेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

भुजेल विद्यार्थी मञ्च केन्द्रिय अध्यक्ष प्रकाश भुजेलले विद्यार्थीलाई सम्मानित गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गर्नुभयो । विद्यार्थीका लागि मार्गनिर्देशनको आवश्यकता औँल्याउँदै विद्यार्थी समयमै सचेत नहुँदा जीवनभर पछुताउनुपर्ने विचार व्यक्त गर्नुभयो । भुजेलले हाम्रा अभिभावकहरुले सर्वप्रथम त आफ्नो नानिबाबुहरुलाइ शिक्षित कसरी बनाउने र त्यस व्यक्तिलाई प्रखरवक्ता बनाउनका लागि विभिन्न संघ सस्थामा आबद्द गराउनुपर्ने कुरामा जोड दिनुभयो । आफ्नै उदाहरण दिदै भन्नू भयो यदि मलाइ पनि मेरो बाबा आमाले शिक्षित नबनाइ दिएको भए र संघ सस्था मा आबद्ध नगराइ दिएको भए तपाइहरुको यो कार्यक्रममा आज बिद्यार्थीको नेता भएर आफ्नो मत्यब्य राख्न सक्दिन थिए होला, त्यसैले एस ई ई पास गर्नु मात्र ठुलो कुरा होइन उक्त शिक्षालाई कतिको नियमित गर्न सक्ने भन्ने कुरा रह्यो । पढाइलाई नियमित गर्दै बिद्यार्थी मंचमा आबद्ध रहदै बिद्यार्थी मंचको केन्द्रीय अध्यक्षको हकदार तपाइहरु बन्नुपर्छ भन्नूभयो ।

 

समाज किन चाहिन्छ भन्ने विषयमा भुजेल विद्यार्थी मंचको केन्द्रिय सह-सचीव रविन भुजेल हत्याको स्मरण गराउदै भन्नुभयो यदि समाज नभएको भए त्यो भाइ कुकुर मर्योकी बिरालो मर्यो पत्तै हुदैन थियो । हत्या गरे पनि त्यो आत्महत्या हो भनेर केस ढिसमिस पारेको अवस्थामा समाजलाइ संख्या लाग्यो र यो आत्महत्या होइन हत्या हो भनेर जोडदार रुपमा समाज लागिपर्यो अनि मात्र बल्ल थाहा भो कि त्यो हत्या नै हो भनेर त्यस पछी पीडितलाई न्याय दिलाएरै छाद्यौ । यदि समाज नभएको भए त्यो काम गर्न गाह्रो हुन्थ्यो । त्यसैले समाज आवश्यक रहेको प्रष्ट पार्नु भयो ।

उक्त कार्यक्रम विशेष अतिथि भुजेल समाजका केन्द्रिय सचीव तथा ३ न प्रदेशका संयोजक रामगोपाल भुजेलले बिद्यार्थी भाइ बहिनिहरुलाइ बधाई तथा शुभकामना दिदै भन्नू भयो, भुजेल जातिको संरक्षण सम्वर्द्दन र अधिकारको लागि समाज अति आवश्यक रहेको बताउनुभयो । भुजेल समाज २०५२ सालमा स्थापना हुँदै आज सम्म आइपुग्दा धेरै राम्रा कामहरु भएको र भुजेलहरुको भाषा सस्कार भेसभुसा लोप भैसकेको अबस्थामा यसलाइ संरक्षण गर्दै लगेको र यसलाइ जिवित राख्नको लागि समाजले भुजेल जातिमा आधारित फिल्मी पनि बनेको बताउनुभयो । उक्त फिल्म लाई जोड दिदै काभ्रेमा पनि छिटोभन्दा छिटो उक्त फिल्मको च्यारीटि सो गर्ने कुरा पनि बताउनुभयो ।

काभ्रे जिल्लामा रहेर एस ई ई सहभागी भई उत्तीर्ण विद्यार्थीहरुलाई भव्य कार्यक्रम गरी सम्मान गरिएको हो । त्यसरी सम्मानित हुनेमा राजेश भुजेल (पाचखाल), राधिका भुजेल (भीमखोरी), रोजिना सिबभक्ती (पाचखाल), शुशिला भुजेल (बनेपा), अविशेक भुजेल (बनेपा), अन्जली भुजेल (रविओपी), रामकुमार भुजेल (भुम्लु), पुस्पा भुजेल (रविओपी), निकिता भुजेल (सल्लेभुम्लु), साजन भुजेल (भुमखोरी), श्यामशरण भुजेल (भीमखोरी), सलिना भुजेल (भीमखोरी) लगाएतका बिद्यार्थी सम्मान भएका थिए ।

कार्यक्रममा  नारायण बहादुर लामा, प्रेम बहादुर भुजेल, राजेन्द्र भुजेल लगाएतका सहभागी रहेको थियो ।


तपाईको प्रतिक्रिया