श्रीखण्डपुर । धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुर एकता बाल क्लबको आयोजनामा आज पुण्यमाता खोला सरसफाई गरेका छन् ।

स्थानिय ३० जना भन्दा धेरै बालवालिका र स्थानिय समाजसेबीहरुको सहभागीतामा खोला सरसफाई आयोजना गरिएको शिक्षक राजेन्द्र कर्मचार्यले बताए । असार साउनमा आएको बेलले श्रीखण्डपुरको खोलाछेउमा जम्मा भएको माटो लगायत जम्मा भएको फोहोर हटाउने कार्य भएको स्थानिय समाजसेबी हरिगोपाल प्रधानङ्गले बताए ।

खोला किनारामा मन्दिर र ढुङ्गे धार रहेको बिगतमा आएको बाढीले पुरेको कारण सरसफाई कार्यक्रम राखेको स्थानिय शिक्षक राजेन्द्र कर्मचार्यले बताए । चाडबाड आए संगै खोला किनारा सफासुघर राख्नको लागि बालवालिका सहित स्थानियहरु मिलेर सरसफाई कार्यक्रम राखेको कर्मचार्यले बताए ।

फोटो फिचर :


तपाईको प्रतिक्रिया