बनेपा÷काभ्रेको महाभारत गाँउपालिकामा दुई जनाको ज्यान गएको छ । महाभारत गाँउपालिका वडा नं ३ धारापानीस्थित कमलदास श्रेष्ठको पाखो बारीमा रुख काट्ने क्रममा ढुंगा खसेर स्थानीय ३० बर्षिया चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको हो ।

त्यस्तै सोही गाँउपालिका वडा नं ८ ग्वालटारमा ट्याक्टर दुर्घटनामा एक किशोरको ज्यान गएको छ । ना ५ त ८९६२ नंम्बरको खाली ट्याक्टर सडकवाट ७ मिटर तल खस्दा ट्याक्टरका धनी मिनबहादुर कुँवरको १५ बर्षिया छोरा साजन कुँवरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।


तपाईको प्रतिक्रिया