धुलिखेल । नेपाल पर्यटन बाेर्डकाे सहयोग तथा हाेमस्टे एशाेसिएसन नेपालद्धारा अायोजित पर्यटन मार्फत समृद्धि नामक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय योजना अायोगका उपाध्यक्ष डा. पुष्प कडेल ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे छ ।

कार्यक्रममा पर्यटन विद् प्रतिक ढकाल ज्यू बाट कार्यपत्र प्रस्तुत भएकाे थियो भने कार्यक्रममा पर्यटन संग सम्बन्धी विभिन्न संघ संस्था र व्यवसायिहरुकाे सहभागिता रहेकाे थिए । ३९ अाै विश्व पर्यटन दिवसकाे सन्धर्वमा नेपाल पर्यटन बाेर्ड मा अायोजित उक्त कार्यक्रममा हाेमस्टे एशाेसिएसन नेपालले अन्य पर्यटन व्यवसायि छाता संगठनहरुकाे सहभागिता र सहयोगमा अायाेजना भएकाे कार्यक्रममा पर्यटन मार्फत समृद्धि विषयक कार्यपत्र माथी सराेकारवाला हरु विच व्यापक छलफल र अन्तरक्रिया गरि सो काे निष्कर्ष संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरिएकाे छ ।

साेहि दिन नेपाल पर्यटन बाेर्ड भृकुटिमण्डपमा सम्पन्न हाेमस्टे एशाेसिएसन नेपाल (हाेसान) काे सचिवालय स्तरकाे बैठकले मिति २०७५ असाेज १९ र २० गते प्रिपहर सामुदायिक हाेमस्टे नवलपरासीमा सम्पन्न गर्ने भनिएकाे हाेमस्टे एशाेसिएसन नेपालकाे दाेस्राे राष्ट्रिय अधिवेसन विविध प्राविधिक कारणवश स्थगित भएकाे र २०७५ असाेज २९ र ३० गते केन्द्रिय समितिकाे बैठक बसि दाेस्राे राष्ट्रिय अधिवेसनकाे मिति र स्थान टुङ्गाे लगाउने र कमल नेपाललाई केन्द्रिय सदस्य तथा केन्द्रिय प्रचार – प्रचार संयोजककाे भुमिकामा मनाेनयन गरेका थियो ।


तपाईको प्रतिक्रिया