बनेपा । मुक्त नेपालको सहयोगमा भुकम्पले लडेको महाकाली मावि मण्डन देउपुर–४ नयाँगाँउको भवन बन्ने भएको छ ।

काभ्रेका विभिन्न विद्यालयको भवन, खानेपानी, बस्ती निर्माणमा सहयोग गरेको मुक्त नेपालले बुधवार महाकाली माविको भवन स्थानीय समाजसेवी, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा मुक्त नेपालका सदस्यहरु, वडाध्यक्ष भुवन बजगाईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धावा दोर्जे लामा, प्रधानाध्यापक शिवकुमार पौडेलको आतिथ्यतामा सम्पन्न भएको हो ।

भुकम्पले तहसनहस बनेको विद्यालयलाई जर्मनी नागरिकहरुको सहयोगमा विद्यालय भवन बन्न लागेको मुक्त नेपालका अध्यक्ष राजकुमार खत्रीले जानकारी दिए । दुख परेको समयमा आफूहरुलाई मुक्त नेपालले सहयोग गरेको स्मरण गर्दै प्रधानाध्यपक शिवकुमार पौडेलले अरुले माया नगरेको समयमा आएर मुक्त नेपालले गर्ने भनेको बाचा पुरा गरेको बताए । उनले पटक पटक स्कूल भिजिट गरेर मुक्त नेपालका अध्यक्ष राजकुमार खत्रीको सहयोग र मुक्त नेपालको सहयोगी एलिनाको सहयोगकै कारण महाकालीले आफ्नो भवनको जग पुजा गर्न सफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष भुवन बजगाईले आफू धेरै खुसी भएको र खुसी साट्ने अवसरको रुपमा पाएको मौका भनेको विद्यालय भवन रहेको बताए । उनले अब कक्षाकोठाको अभावमा विद्यार्थीहरुको शैक्षिक विकासमा केही पनि असर नपर्ने आशा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धावा दोर्जे लामाले विद्यालयको विकासको निम्ति मुक्त नेपालले खेलेको भुमिका राम्रो भएको भन्दै सोचेको समयभन्दा निक्कै छिटो विद्यालय भवन बन्ने आशा व्यक्त गरे ।


तपाईको प्रतिक्रिया