(किरण थापा) सिन्धुपाल्चोक । नेपालिहरुको महान चाडहरु नजिकिन थाल्दा ग्रामिण सडकहरु धमाधम मर्मत हुन थालेका छन् । जिल्लामा रहेका अधिकाँश स्थानमा हाल सडक मर्मतको काम भईरहेको छ । चाडपर्वमा धेरै आवतजावत हुने हुनाले पनि सडक मर्मतको काम सु्रु गरेको बताईएको छ ।

वर्षाका कारण अबरुद्ध भएका जिल्लाका अधिकाँस ग्रामिण सडक मर्मत सुरु गरिएको छ । स्थानिय तहहरुले आ—आफ्नो ठाँउको सडक मर्मतको काम सुरे गरेका छन् । वर्षायाममा धेरैजसो स्थानमा पहिरोका कारण अवरुद्ध बनेका ग्रामीण सडकहरु मर्मतको अभाबमा नियमित यातयात सञ्चालनमा आउन सकेको थिएन । दशै तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरेर मर्मतको काम शुरु गरेकोले चाडपर्वमा सहज हुने स्थानियले बताएका छन् ।

सडक निर्माण गर्दा प्राविधिक विना नै निर्माण भएका सडकहरुमा बढि पहिरो गएको छ । प्राविधिकको सल्लाह विना खनिएका बाटोहरुमा बर्षैपिच्छे मर्मतको काम गरीरहनु परेको मेलम्ची नगरपालिकाका ईन्जीनीयर जित बहादुर कार्कीले जानकारी दिनुभयो ।

हिन्दुहरुको महान पर्ब बिजया दशमीमा देश बिदेशमा रहेका नेपालिहरु घर फर्किदा यातयातमा सहजता दिने उदेश्यले ग्रामिण मोटरबाटो मर्मत गर्न आग्रह गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका १३ बटा वडामा रहेका सम्पुर्ण सडक मर्मको लागी कुल १९ लाख ५० हजार बराबरको बजेटको ब्यबस्था गरि सडक सूचारु गर्र्ने निणय भएको नगर प्रमुख अर्यालले बताउनुभयो । प्रत्येक वडाका लागी १ लाख ५० हजारको दरले बजेट दिएको र सबै वडाले प्राविधिक स्टीमेटका आधारमा काम सुरु गरीसकेका छन् ।

त्यसका साथै नगरपालिकाले काठमाण्डौं जोड्ने सडकखण्डको जर्केखोलादेखि छाप भञ्ज्याङसम्मको बाटो मर्मतको काम पनि सुरु गरीसकेको छ । सो बाटो मर्मतका लागी नगरपालिकाले स्काभेक्टर भाडामा लिएर काम गरेको छ भने क्रसरहरुले निशुल्क रुपमा ट्रिपर उपलब्ध गराएका छन् । नगरपालिकाले पाँचपोखरी थाङपाल गाँउपालिका जोड्ने मेलम्ची भोताङ्ग सडकखण्डको रामपूरदेखि खाल्डेसम्मको मर्मतको काम पनि अन्तीम चरणमा पु¥याएको छ ।


तपाईको प्रतिक्रिया