(किरण थापा) सिन्धुपाल्चोक । कृषि विकास बैंक मेलम्ची साखाले मेलम्ची बजारमा एटिएम सञ्चालनमा ल्याएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाद सिटौलाले एटीएमको उद्घाटन गर्नुभएको हो ।

उदघाटन कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंकले गाउँका किसानहरुलाई ऋणमा सहजता दिँदै आएको र आगामी दिनमा वित्तीय साक्षरता सञ्चालन गरी अझ बढी सदस्यहरुलाई सहजता दिने बताउनुभयो । साथै उहाँले कृषि विकास बैंकको नेपाल अधिराज्यभर २ सय ७० शाखा सञ्चालित भएको पनि जानकारी दिनुभयो ।

मेलम्ची क्षेत्रमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटीएम सञ्चालनमा नल्याउँदा समस्या भएको थियो । हाल एटिएम संचालनमा आएपछि सहज हुने स्थानियले अपेक्षा गरेका छन् । एटिएम सञ्चालनमा आएसँगै सदस्यहरुमा खुसी थपिएको र अझै सेवा वृद्धि गरी सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउने बैंकका मेलम्ची शाखा प्रबन्धक तोलाकान्त अधिकारीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया