(किरण थापा) सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुनकोशि गाँउपालिकाले खादा प्रयोगमा निषेध गरेकोमा आदिवासि संघसंस्थाहरुले संयुक्त प्रेश विज्ञप्ती जारी गरेका छन् । आदिवासि संघसंस्थाहरुले जारी गरेको प्रेश विज्ञप्तीमा वडा हध्यक्षको राजीनामा माग गरीएको छ । धार्मीक रुपमा अरुको संस्कृतिमाथी आक्रमण गरेको विज्ञपतीमा भनिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाउपालिका १ नम्बर वडाले वडा भित्र गरीने सार्वजनिक कार्यक्रममा खादा फुलमाला र गुज्छाहरु प्रयोग नगर्न भनेको थियो । सुचना जारी गर्दै गर्दै वडाभित्र आयोजना हुने कार्यक्रममा छरीतो र स्थानियमैत्री बनाउने भन्दै खादा प्रयोगमा कार्तिकको १ गतेबाट रोक लगाएको हो । वडा अध्यक्ष नेत्र बहादुर कार्कीले हस्ताक्षर गरी जारी गरीएको सुचनामा सार्वजनिक कार्यक्रममा स्थानिय फुलमाला , दुवो , गुरास लगाएतका सामाग्रि प्रयोग गर्न गराउन अनुरोध गरीएको छ ।

वडाले सूरुमा खादा निषेध गरीएको सम्बन्धमा कुनै पनि कार्यक्रममा खादा प्रयोग गर्न निषेध भनेर सुचना जारी गरेकोमा सामाजिक संजालमा चर्को आलोचना भएपछि भाषा संचाएर पुन सुचना जारी गरेको भएपनि भ्रमित बनाउने खालको मात्र भएकाले यस्तो निर्णय लिनुपरेको विज्ञप्तीमा भनिएको छ ।


तपाईको प्रतिक्रिया