सिन्धुपाल्चोक । बिगत ६ बर्ष देखि निष्क्रिय रहेको सिन्धुपाल्चोक जिल्लाको नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गमा यतिबेला तरंग छाएको छ ।

नेपाल विद्यार्थी सङ्ग सिन्धुपाल्चोकका सचिब निरोजकुमार भन्डारी सहसचिव कपिलराज बनिया नेपाल विद्यार्थी सङ्ग साबिक क्षेत्र नं २ अध्यक्ष बासुदेव अधिकारी ने बि सङ्ग साबिक क्षेत्र नं घ अध्यक्ष पवन घोरासैनी सचिब प्रबिण कार्की ने बि सङ्ग सिन्धु(काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तथा इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका अध्यक्ष निश्चल गिरि ने बि सङ्ग सबिक क्षेत्र नं २ का उपाध्यक्ष दिनेश चौलागाईं लगायत ने बि सङ्ग सिन्धुपाल्चोकका अन्य विद्यार्थी नेताहरुको सक्रियतामा जिल्लाभरका प्रयजसो क्याम्पस र मा बि बिद्यालय हरुमा इकाइ गठन कार्याक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले माहादिबेशन तोकेसङै जिल्ला भित्र रहेका ने बि संघलाई साच्चिकै माया गर्ने विद्यार्थी हरुले सक्रियता देखाएका छन् । विभिन्न क्याम्पस तथा बिद्यालयहरुमा नवआगन्तुक विद्यार्थीको उत्साह देखेर यकदमै हर्षित भएको उक्त समुहका सदस्य निश्चल गिरीले बताउनुभयो । सम्पुर्ण क्याम्पस तथा मा बि बिद्यालयहरुको इकाइ गठन कार्यक्रम सकियलगतै सङ्गिय संरक्षण आनुसारको विद्यार्थी भेला तथा चियापान कर्यक्रम राखी विद्यार्थीहरु बिच परिचित गराउने उदेस्य राखेको गिरिले बताउनुभयो । साथै ने बि संघको अदिबेशन समयमै गराउन जिल्ला तथा केन्द्रलाई ससक्त दबाब दिएको पनि उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया