सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा नेपाल विद्यर्थी संघको सत्रियता बढेको छ ।

नेपाल विद्यर्थी संघ सिन्धुपाल्चोक जिल्ला मा माध्यमिक तहको अधिकाशं अधिवेशन सम्पन्न भएको छ । हालको संघीय संरचना अनुसार दुवै प्रदेश मा अधिवेशन सम्पन्न भएको हो । जिल्लामा स्नातक पढाइ हुने कलेज र माध्यमिक तह गरी १४ज्ञ वटा बिद्यालय र कलेज रहेका छन् । जसमध्ये अधिकाँशमा इकाई अधिवेशन सम्पन्न भएको नेबि संघ क्षेत्र नं २ का अध्यक्ष बासुदेव अधिकारी ले जानकारी दिनुभयो ।

नेपाल विद्यर्थी संघले महाधिवेशन चाहेको र तयसका लागी आबश्यक तयारी गर्न अधिवेशन गरिएको अधिकारीले बताउनुभयो । नेबि संघ केन्द्र ले असोज ७ देखी १० सम्म माबी तहको अधिवेशन, १२ गते पालिका तहको अधिवेशन, १५ गते प्रदेश, २१ गते जिल्ला अधिवेशन र कात्तिक १६ गते बाट जिल्ला अधिवेशन को मिती तय गरेको थियो । तर नेबि संघ केन्द्र ले पाटी केन्द्र लाई बुझाएको बिधान स्विकृत नभएको कारण अधिवेशन को मिती बिथोलिएको बताईएको छ ।

केन्द्र ले अधिवेशन जहिले गराए पनि आफ्नो स्थानबाट आबश्यक अधिवेशन तयारी पुरा गर्ने अधिकारीले बताउनुभयो । १२ वटा स्थानिय तह रहेको जिल्लामा हालसम्म ईकाई गठन गरेका स्थानहरुमा उल्लेख्य रुपमा सहभागिता रहेको नेपाल विद्यर्थी संघले जनाएको छ ।


तपाईको प्रतिक्रिया