मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ को ब्रह्मायणी नदीमा एक युवक बेपत्ता भएका छन् ।

सोमबार नवलपरासीबाट ढाडे भन्ने स्थानका लागि सिमेन्ट लिई आएको ना५ख ८५०३ नंको ट्रकका सहचालक १९ वर्षीय सूर्य रानालाई नुहाउन जाँदा खोलाले बगाएको हो ।

निजको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवक नवलपरासीको गैंँडाकोट नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


तपाईको प्रतिक्रिया