धुलिखेल । नेपालीहरुको महान चाड दशैमा हाम्रो समाजमा बढ्दो विकृति विसंगतिलाई चित्रण गर्दै तयार गरिएको लघु चलचित्र (सर्ट मुभि) ‘दशैंको दशा’ अन्तिम चरणमा पुगेको छ ।

दशैं अगाडि नै चाडैं नै प्रदर्शनमा ल्याउने तयारी गरिरहेको निर्माण पक्षले जनाएको छ । विशुद्ध सामाजिक परिवेस अनि कथावस्तुलाई समेटेर तयार पारिएको दशैंको दशाको पोष्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको छ । घाटी हेरी हाड निल्नु भन्ने चर्चित नेपाली उखानलाई मनन गर्न नसक्दा भोग्नु पर्ने तीतो यथार्थलाई चलचित्रको मुख्य कथा बनाइएको छ ।

नेपालीहरुको महान चाड दशैंलाई सभ्य र भव्य रुपमा मनाउनुपर्छ । तडक भडकबिना नै आफ्नो क्षमता र गक्ष अनुसार मनाउन सके चाडको गरिमा बढ्ने शिक्षा दिन खोजिएको दशैंको दशालाई चाडैं नै रिलिज गरिने निर्माण पक्षले जनाएको छ । दशैंको दशामा रश्मी तामाङ, सुनिल जिम्बा, अकरकृष्ण चन्द, सुनिता बखुन्छे, रविन्द्र ढलकुटी, शिव आचार्य, सनम सुवाल, राजेन्द्र केसी लगायतको अभिनय रहेको छ ।

कलाक्षेत्रमा सक्रिय यूवा सुनिल जिम्बाको प्रस्तुति रहेको उक्त दशैंको दशामा रमणीयस्थल नालाका सुन्दर दृश्यलाई कैद गरिएको छ । दशैका विकृतिहरुलाई समेत समावेस गरिएको उक्त चलचित्रलाई निर्देशक कमल दाहालले निर्देशन गरेका छन् । भिम घिमिरेको छायाँकन÷सम्पादन रहेको चलचित्रमा रविन्द्र ढलकुटी सह निर्माता रहेका छन् ।

चलचित्र उत्कृष्ट बनेको निर्माण पक्षको दाबी रहेको छ । चाँडै नै रिलिज हुन लागेको उ१ चलचित्र एकदमै पृथक बनेको प्रस्तुतकर्ता जिम्बाले बताएका छन् ।


तपाईको प्रतिक्रिया