धुलिखेल । सडक बिभागको गैर जिम्मेबारि बिरुद अरनिको राजमार्ग बन्द गरेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिकाको तामाघाट गोल्डेन स्कूल अगाडी हुँदाखाँदाको कालोपत्रे भत्काएर सडक विभागले खण्डहर बनाएको तीन बर्षसम्म नबनाएपछि बाँध्य भएर पाँचखालका स्थानीयले अरनिको राजमार्ग अवरोध गरेका छन् ।

तीन बर्षसम्म हिलो र धुलो सहेका स्थानीयहरुले बाँध्य भएर सडक अवरोध गरेका हुन् । तीन सय मिटर सडक नबनेको भन्दै उनीहरुले सडक अवरोध गरेका हुन् । सडक अवरोध भएपछि काभ्रेको मण्डन देउपुर,भुम्लु, चौरीदेउराली र पाँचखालसँगै सिन्धुपाल्चोक, रामेछाप, दोलाख जाने यात्रु अलपत्र परेका छन् । सडक विभागको लापरवाहीको कारण सडक नबनेको उनीहरुको आरोप छ ।

फोटो फिचर

 

 


तपाईको प्रतिक्रिया