धुलिखेल । काभ्रे र सिन्धुका जनप्रतिनिधीले आफू निर्वाचित भएपछि गरेका कामहरु र समस्याको बारेमा बृहत छलफल गरेका छन् ।

काभ्रेको पनौती, धुलिखेल र पाँचखाल नगरपालिकासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र बलेफी गाँउपालिकाका प्रमुख उप–प्रुमख तथा वडाध्यक्षहरुले निर्वाचनवाट विजयी भएर आएपछि गरेका कामहरु र विद्यमान समस्याहरुको बारेमा छलफल गरेका हुन् । धुलिखेलमा रहेको होटल जुगलमा एकाउन्टविलिटी ल्यावको सिटिजन हेल्प डेक्सले काभ्रे र सिन्धुपाल्चोकका जनप्रतिनिधीहरुको एकअर्काले गरेको कामसँगै चुनौती र समस्याकोृ बारेमा छलफल गरेको हो ।

छलफलपछि बोल्दै पनौती नगरपालिकाको प्रमुख भिम न्यौपानेले काभ्रे र सिन्धुपाल्चोकमा भएका राम्रा कामहरु आदानप्रदान गर्न छलफल फलदायी रहेको बताए । उनले हामीले कस्तो काम गरेको थाहा पाएपनि अरुले कस्तो काम गरिरहनु भएको भन्ने जानकारी पाँउदा खुसी लागेको बताए ।

पनौतीकै उपप्रमुख गिता बञ्जाराले छलफलले केही नयाँ कुरा सिक्ने वातावरण मिलेको बताउँदै सिटिजन हेल्प डेक्सको असल प्रयास सुरु गरेको बताईन् । धुलिखेल नगरको उपप्रमुख बिमला शर्माले वैदेशिक रोजगारसँगै आएका समस्याहरु समाधान गर्न र यस्तो काम र चुनौतीहरु आदानप्रदान गर्ने कृयाकलाप संचालन गर्नु औधी राम्रो भएको बताईन् ।

पाँचखाल नगरको उपप्रमुख लक्ष्मी दनुवारले सकारात्मक काम गर्दा सबैवाट सहयोग पाउने बताईन । उनले दुईओटा जिल्लाका जनप्रतिनिधीहरुसँग बसेर छलफल गर्दा धेरै राम्रो कुरा सिक्ने मौका मिलेको बताईन् । बलेफी गाँउपालिका उपप्रमुख कमला कायस्थले धेरै कुरा सिक्ने मौका मिलेको बताउँदै आगामी दिनहरुमा समेत यस्तै खाले छलफल आयोजना हुन आवश्यक रहेको बताईन् ।

कार्यक्रममा दुई जिल्लाका ४० जना जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । सिटिजन हेल्प डेक्सका सुरेश चन्दले सहजीकरण गरेको कार्यक्रममा स्नेहा रिजालको सहभागिता रहेको थियो ।

आजको खबरचौतारी साप्ताहिकमा समाचार प्रकाशित छ 


तपाईको प्रतिक्रिया