सेप्टेम्वर २८ विश्वभरि रेबिज विरुद्धको दिवसको रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर मनाइने दिन हो ।आज प्रान्सका माइक्रोवायोलोजिस्ट लुइस पास्टर को मृत्यूभएको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरैजनाको ज्यान जोगाएका कारण उनको सम्झना पनि गरिन्छ ।

रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो, इजिप्टवासीहरुको करिव आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोगका बारेमा उल्लेख गरिएको छ, अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेका नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंग सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेखित छ ।

२०सौं शताब्दीको शुरुसंगै विकसित देशहरु र रेबिजले धेरै प्रभावित मध्य यूरोपमा रेबिजको संक्रमण नाटकीय रुपमा घटेर गयो, यसका कारणहरु मुख्यतया जनचेतना र रेबिज विरुद्धको खोपनै हो । सरकारी स्वास्थ्य चौकीमा रेबि विरुद्धको खोप अनि रेबिविज भाइरस शरीरमा छिरिसकेछी लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि सुई सहजै उपलब्ध छ तर मान्छेहरुको हेलचेक्राई र जनावरसंगको ज्ञात अज्ञात संसर्गले रेबिजको सक्रमण संभावना रहिनैरहन्छ ।

कसरी बच्ने उपायहरु-
विशेषज्ञहरुका अनुसार रेबिजबाट बच्न यो रोग लागेको कुकुरका लक्षणहरू पहिचान गर्नुपर्छ र निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।
कुकुरलाई कहिल्यै जिस्क्याउनु हुँदैन । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेको बेला दख्खल पुर्‍याउनु हुँदैन ।
1. कुकुरको नजिकै दौडेर हिंड्नु हुँदैन, त्यति बेला उसले झम्टन सक्छ ।
कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
2. अनजान कुकुर नजिकै आएमा नआत्तीकन अडिक भएर उभिएर बिस्तारै उल्टो दिशामा र्फकनुपर्छ ।
कुनै कुकुरले सुँघ्न आउँछ भने सुँघ्न दिनुपर्छ ।
3. कथम् कदाचित कुकुरले झम्ट्यो भने आफ्नो अनुहार प्राथमिकतासाथ बचाउनुपर्छ ।

कुकुरले टोकेमा गर्नुपर्ने उपचार
1. टोकेको ठाउँलाई राम्रोसँग साबुन पानीले १५ मिनेटसम्म सफासँग धोई प्राथमिक उपचारका लागि नजिकको अस्पताल जानुपर्छ ।
2. कुकुरको दैनिक निगरानी राख्ने र कुकुर १० दिनमा मर्छ या मर्दैन त्यो निक्र्योल गर्ने । १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हो ।
3. कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको थियो वा थिएन, त्यो पत्ता लगाउनुपर्छ ।
4. कुकुर बहुलाएर हो वा जिस्काउँदा या अन्य केही कारणले टोकेको हो त्यो नोट गर्नुपर्छ ।
5. रेबिज रोगलाई निर्मूल पार्न सम्पूर्ण कुकुरलाई एन्टिरेबिज खोप लगाउनुपर्छ । घरपालुवा कुकुरलाई त अनिवार्य खोप लगाउनुपर्छ र छाडा छोडिएकाहरूलाई पनि खोप लगाउने भूमिका राज्यले गर्नुपर्छ । राज्यले र स्थानीय निकायले पोथी कुकुरको बन्ध्याकरण पनि गर्न सकिन्छ । जसरी हुन्छ मुख्य उद्देश्य भनेको अनियन्त्रित कुकुरको संख्या घटाउनु नै हो ।


तपाईको प्रतिक्रिया