बनेपा । १० दिनसम्म चल्ने बनेपा महोत्सव बुधवार भव्य समारोहका बिच सुरु भएको छ ।

सयौं काभ्रेलीहरु जनताको उपस्थितीमा संचार तथा सूचनाप्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपा महोत्सव २०७५ को उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेको बनेपामा रहेको आईटी पार्कमा पैसा छाप्ने मिल्ने अत्याधुनिक सेक्युरिटी प्रेस राखिने बताएका छन् ।

बिहिवार काभ्रेको बनेपामा ‘बनेपामहोत्सव–२०७५’को समुद्घाटन गर्दै मन्त्रीबाँस्कोटाले आईटी पार्कमा पैसासँगै स्मार्ट लाईसेन्स छाप्न मिल्ने प्रेस स्थापनागरिने बताएकाहुन् । ३५ देखि ३८ अर्बको लागतमा बनेपाको आईटी पार्कमा अत्याधुनिक सेक्युरिटी पे्रस स्थापना हुने मन्त्रीबाँस्कोटाले बताएकाहुन् । नेपालवाट बार्षिक लाईसेन्स छाप्नमात्रै अर्बाैखर्च हुने गरेकोमा अब नेपालमै ३८ अर्बको लागतमा प्रेस स्थापनागर्न लागिएको उनले बताए ।

ठूला ठूलाबैंकका चेकहरु, एमआरपी, सवारीको स्मार्ट लाईसेन्स, डिजिटल नंम्बर प्लेट नेपालमै छाप्न मिल्ने प्रेस बनेपामा रहेको आईटी पार्कमा स्थापनागरिने मन्त्री बाँस्कोटाले बताए । १० दिनसम्मचल्ने महोत्सवबिबिसीक्लब बनेपाले आयोजना गरेको हो । फुटवल खेलमा लगानी गरिरहेको बिबिसीले अघिल्लो बर्षजस्तै यो बर्ष पनि दशै तिहारको पूर्व संध्यामा यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा बोल्दै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले आर्थिक गतिविधीहरु समेटेर आयोजना भएको महोत्सवले दशैं तिहारमा अत्यावश्यक सामाग्रीहरु काभ्रेलीले किन्नपाउने बताए ।

महोत्सवमा बोल्दै प्रदेश सभा सदस्य बसुन्धरा हुँमागाईले बनेपा महोत्सव काभ्रेका स्थानीय जनताले सेवा पाउने आशा व्यक्त गरेका थिए । मुख्य आयोजक बिबिसी क्लवका अध्यक्ष महेश कर्माचार्यले काभ्रेमा चाडपर्वमा आवश्यक रहेको सामाग्री सहज रुपमा पुयाउने उदेश्यले महोत्सव आयोजना गरेको बताए ।


तपाईको प्रतिक्रिया