दमौली । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनबाटै विकास र समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

उनन्चालीऔँ पर्यटन दिवसका अवसरमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिकाले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राख्दै कार्यक्रम बनाएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशमा २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने योजना रहेको बताउँदै उहाँले त्यसअघि सबै तयारीका काम गरिने छ भन्नुभयो ।
जुलाई २०२१ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भन्दै उहाँले पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पूर्वाधार निर्माणको आवश्यकतामा जोड दिनुभयो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे सञ्चालनका लागि रु ३० करोड विनियोजन गरिएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया