
बनेपा । काभ्रे जिल्लाको बनेपा जनागाल लगाएतका आसपासका क्षेत्रमा छायाङ्कन भएको हाँस्य टेलिश्रृङ्खला झ्याउकिरी आगामी हप्ताबाट प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण हुन लागेको निर्देशक इश्वर तिमल्सिनाले जानकारी दिएका छन् ।
उनका अनुसार प्राइम टाइम्स टेलिभिजनमा भएलगतै युटुब च्यानल मार्फत इन्टरनेटमा समेत प्रसारण हुने उनले बताए अर्का कलाकार अरुण दाहालका अनुसार यो टेलिसिरिएल सामाजिक विकृती विसँगति, छुवाछुत, विरुद्ध र आपसी जातिय सद्धभाव बढाउने किसिमको रहेको हुनाले दर्शकहरुले मनपराउने विश्वास रहेको उनले बताए ।
उक्त टेलिसिरियल निर्देशक इश्वर तिमल्सिनाको पहिलो टेलिश्रृङ्खला हो भने यसमा अधिकांस नयाँ कलाकारहरुले अभिनय गरेका छन ।
झ्याउकिरी कराएकै चर्चा परिचर्चा हुने गरी बनाएको यस टेलिश्रृङ्खलामा निर्देशक इश्वर तिमल्सिना, अरुण दाहाल, निरोज पाण्डे लगाएतको मुख्य भुमिका रहेको छ । भने अन्य कलाकारहरु राज घिमिरे, बिपिन दाहाल, सुजन दाहाल, बालकृष्ण बजगाई, श्रद्धा अधिकारी, रुपा मैनाली, ललिता घिमिरे, पार्वती रिजाल, शुशिला तिमल्सिना, राजेश्वरी रञ्जित लगाएतले अभिनय गरेका छन भने यस टेलिश्रृङ्खलाको छायाङ्कन शुशिल सैजुले गरेका छन ।