बनेपा । टिभिएस कम्पनीका बाईक तथा स्कूटर खरिद गर्ने सोचमा रहेर पनि भक्तपुर र काठमाण्डौं जाने झन्झटले रोकिएका काभ्रे तथा आसपासका जिल्लाहरुका मोटरसाईकल पारखीहरुका लागि खुसीको खबर आएको छ ।

मध्यपहाडी जिल्लाहरुको मोटरसाईकल पारखीहरुको मागलाई ध्यानमा राखेर बनेपामै टिभिएस कम्पनीका बाईक तथा स्कुटर खरिद गर्न पाईने भएको छ । जगदम्बा मोटर्सले बिक्री गर्ने टिभिएस बाईकले काभ्रेको बनेपामा नयाँ सोरुम खोलेको छ । टिभिएसले देशव्यापी रुपमा एकै शहरमा सेल्स सर्भिस र स्पेयर्स पार्टस्को सोरुम खोल्ने क्रममा बनेपामा नयाँ सोरुमको उद्घाटन गरेको हो ।

सोमवार उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धरले सोरुमको उद्घाटन गरेका छन् । काभ्रेमा लामो समयदेखि अटो मोवाईल्सको क्षेत्रमा काम गरिरहेको मध्यमाञ्चल अटो पार्टस्ले बनेपामा टिभिएस बाईकको आधिकारिक बिक्री गर्नेछ । मध्यपहाडी जिल्लाहरुलाई केन्द्रमा राखेर टिभिएस कम्पनीले काभ्रेको मुख्यबजार बनेपामा सोरुम खोलेको जनाएको छ ।

शोरुम उद्घाटनको अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देश भरि एकै छानामुनि थ्रि एस सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा काभ्रे तथा आसपासका ग्राहकलाई सेवा दिने हेतुले बनेपामा आफूहरु उपस्थित भएको जनाएका छन् । सोरुम उद्घाटनको अवसरमा जुनसुकै बाईक तथा स्कुटरको खरिदमा कम्पनीले २४ ईन्चको एलईडी टेलिभिजन पुरस्कार दिएको थियो ।

कम्पनीले ग्राहकको सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्सका साथै बाइकको एक्सचेन्जमा पनि राम्रो भ्यालुएसन मध्यमाञ्चल अटो पार्टस्का आएन शाहले बताए । उनले आफू विगत लामो समयदेखि यही क्षेत्रमा आबद्ध रहेकाले आफूले सकेको सबै प्रयास गर्ने बताएका छन् । ‘अब बनेपामै टिभिएसको बिक्री, पार्टस् र सर्भिसिङ हुन्छ’ शाहले बताए ।

टिभिएस सोरुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सिसि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध रहेको छ ।

उक्त सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ । यस सोरुमको संचालन संगै टिभिएस मोटर कम्पनी नेपाल भरी आफ्नो अत्याधुनीक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्ने जनाएको छ । यो टिभिएसको ८६ औ सोरुम रहेको कम्पनीले जनाएको छ । सोरुम उद्घाटन भएकै दिन कम्पनीले ३१ ओटा नयाँ बाईक तथा स्कूटर बेच्न सफल भएको छ ।


तपाईको प्रतिक्रिया