बनेपा । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय छ । सबै बर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ ।
दशैं तिहारको अवसर बनाएर मोटरसाइकल किन्नेहरुको आजभोली शोरुमहरुमा भीड छ । दशैं तिहारमा नयाँ बाइक चढ्न चाहनेहरु अहिले बाइक छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक अफर तथा योजना ल्याएका छन् । विक्रेता कम्पनीहरुले नगद छुट, हातखाली नहुने स्क्र्याच कुपन, टुर, नगद योजना सार्वजनिक गरेका छन् ।
यसले ग्राहकलाई पनि लोभ्याएको छ भने बाइकको ब्यापार पनि बढेको छ । ग्राहकको मन मात्रै जितेर हुँदैन खुलेर छुट दिने मामलामा अघि देखिएको छ होण्डा र सुजुकी । काभ्रेको बजारमा यिनै दुईओटा कम्पनीका मोटरसाईकल लोकप्रिय छन् । अझ पुरानो र बनेपामा एकाधिकार कायम राख्न सफल होण्डाले यो दशै तिहारमा आकर्षक योजना अघि सारेको छ । होण्डा मोटरसाईकलको आधिकारीक बिक्रेता चण्डेश्वरी अटो ईञ्जिनियरिङले हरेक मोटरसाईकल खरिदमा स्कार्च कार्डको व्यवस्था गरेको छ ।
कार्डमा १ लाख रुपैयासम्म छुटको व्यवस्था रहेको ईञ्जिनियरिङका प्रोपाईटर सुरेश भोछिभोयाले बताए । कम्पनीले पाँच बर्षसम्मको सर्भिसिङ फ्रीको योजना ल्याएको छ । त्यस्तै पाँच बर्षसम्म स्पयर पार्टस्मा १० प्रतिशत छुटको अफर ल्याएको छ । बनेपा तीन दोवाटो ईलाका प्रहरी कार्यालयसँगै यसको सोरुम रहेको छ । सोरुमसँगै सर्भिसिङ सेन्टर र पार्टस् पसल रहेको छ । बाईक किनेर सर्भिसिङ गर्न फरक फरक ठाँउमा जाने बाँध्यता छैन । त्यस्तै, सुजुकीले मोटरसाईकल खरिदमा ८ हजार र स्कुटर खदिरमा १० हजारको छुट व्यवस्था गरेको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको काभ्रेको लागि आधिकारीक बिक्रेता पिजी अटोमोवाईल्स हो । कम्पनीले पनि दशै तथा तिहार लागि लक्षित गर्दै अफर योजना सार्वजनिक गरिसकेको छ ।
सुजुकीका सबै प्रकारको मोटरसाइकलमा छुटको व्यवस्था गरेको छ । मोटरसाईकल तथा स्कुटर खरिदमा स्क्यार्च कार्डमार्फत १० जनालाई जापान जाने मौका सृजना गर्दै छ । त्यो मात्रै नभएर जिल्लाका साथीहरुलाई पिजी अटोमोवाईल्सले कम्पनीले दिएकोसँगै थप सुविधा समेत दिने कम्पनीका प्रोपाईटर नवराज मानन्धरले बताए । बनेपा पुरानो लक्ष्मी बैंकसँगै यसको सोरुम रहेको छ । सर्भिसिङ सेन्टर र पार्टस् पसलपनि बनेपा पुलबजारमै छ ।


तपाईको प्रतिक्रिया