बनेपा । हृदयरोग प्रतिष्ठानले काभ्रेको नालामा शाखा कार्यालय विस्तारको योजना अघि सारेको छ ।

बनेपा नपा–४ नालामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको सलाहकार श्री सिद्धीबहादुर कर्माचार्यको पहलमा स्थानीय समा सेवीहरुको एक बैठकको आयोजना गरिएको थियो । जसमा नेपालमा पनि माहामारीको रुपमा फैलिन गइरहेको मुटु र मुटुसंग सम्बन्धित रोगहरुको रोकथाम एवम् न्यूनिकरण गर्नको लागि आवश्यक कार्यक्रमहरु बनाइ कार्यान्वयन गर्न विश्व मुटु दिवश २०१८को उपलक्षमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको उप शाखा गठन गर्ने छलफल भयो ।

उक्त छलफलवाट उपशाखा गठनको लागि पहल गर्न तुलप्रसाद दाहाल, निर्मला श्रेष्ठ, रामेश्वर कर्माचार्य, बलराम बजगाइ र गोकुल बजगाइ सदस्यहरु भएको एक ५ सदस्यीय तदर्थ समिति पनि गठन गरियो । उक्त अवसरमा शाखाको सभापति विमल सि.कु. श्रेष्ठले हाल विद्यमान नसर्ने रोगहरुको स्थिति, नेपाल हृदयरोग निवारण प्रतिष्ठानको स्थापनाका उद्देश्य, संस्था परिचालनको लागि स्थानिय तहबाटै स्रोतहरु ब्यवस्था बारे जानकारी दिएका थिए । बैठकमा सचिव टीकाभक्त भोछिभोयाले सदस्यताको किसिम र सदस्यता शुल्क बारे बताएका थिए । कार्यक्रममा कार्यसमिति सदस्य नवराज मानन्धर सहभागी रहेका थिए ।


तपाईको प्रतिक्रिया