बनेपा । पनौती टौखालमा केन्द्रीय कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारीको नयाँ सेवा केन्द्र मण्डन देउपुर नगरपालिका–७ कुन्तावेशीमा विस्तार गरेको छ ।

सहकारीको नयाँ सेवा केन्द्रको उद्घाटन मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईवा र संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले संयुक्त रुपमा गरेका छन् । सामुदायिक साकोसको यसअघि पनौती, ढुंखर्क,बनेपा, कुन्तावेशी, कुशादेवी र मंगलटारमा सेवा विस्तार गरिसकेको छ । सेवा केन्द्र समुद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मेयर वाइवाले मण्डन देउपुरमा सेवा केन्द्र विस्तारसँगै त्यहाँका जनताले राम्रो सेवा सुविधा पाउने आशा व्यक्त गरे ।

नेपालकै ठूलो सहकारीमा पर्ने सामुदायिक साकोसले आफ्नो नगरमा सेवा केन्द्र विस्तार गरेसँगै यसवाट आफ्नो भेगका जनताको आर्थिक हैशियतमा बृद्धि हुने उनले आशा व्यक्त गरे । कार्यक्रममा उपमेयर निर्मला शाही, सहकारीका अगुवा दीपकप्रसाद पौडेल, मण्डन देउपुर–७ का अध्यक्ष नारायण लम्साल, ८ का अध्यक्ष झलकप्रसाद पौडेल, नगरका सल्लाहकार विदुर गौतम लगायतकाले मन्तव्य राखेका थिए । सहकारीका उपाध्यक्ष प्रताप ताम्राकारले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीकर्मीको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया