बनेपा । काठमाण्डौंवाट एक घन्टाको सहज यात्रामा आईपुग्ने काभ्रेको प्रमुख शहरहरुमा पछिल्लो समय चोरीका घटनामा बृद्धि भैरहेका छन् ।

केन्द्रीय राजधानी जोडिएको काभ्रे जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा तीव्र शहरीकरण भइरहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । केहीदिन अघि ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा बुडोलवाट गाग्रीसँगै भाडाकुडा चोरी गरेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लियो ।

घरमा चोरी गरिरहेको समयमा एक व्यक्तिले धुलिखेलमा बासघारीवाट चोरलाई नियन्त्रणमा लियो । पाँचखालमा केहीदिनदेखि चोरीका घटनाहरुमा बृद्धि भैरहेका छन् । चाडपर्व नजिकै आएसँगै काभ्रेमा चोरीका घटनाहरुमा बृद्धि हुन थालेका छन् । चोरीका घटनाहरु बृद्धि भएसँगै प्रहरीले चनाखो अपनाएको बताएपनि प्रहरी चोरी नियन्त्रणमा सफल देखिएको छैन । दैनिक रुपमा सार्वजनिक सवारी साधनहरुमा पाकेट मारिएर यात्रुहरुले हैरानी व्यहोरी रहेका छन् । पाँचखालमा केहीदिन अघि हाडवेयरको सटर फोरेर रकम चोरी भयो ।

सूचना संकलनको लागि जिल्लाका प्रमुख शहरहरुमा प्रहरीले घुमुवा खटाएपनि घुमुवाको काम समेत सन्तोषजनक नरहेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक चाडपर्वमा हुन सक्ने आपराधिक कृयाकलाप रोक्न प्रहरी कृयाशिल बनेको बताए । उनले आफूहरुले चाडपर्वमा हुन सक्ने चोरी, डकैतीलाई रोक्न तयार रहेको बताए । उनले कसैले शंकास्पद गतिविधी गरेमा तत्कालै प्रहरीलाई खबर गर्न अनुरोध समेत गरे ।


तपाईको प्रतिक्रिया