बनेपा । एक बर्षसम्म सुत्ने अनि चाडपर्वअघि मौसमी अनुगमनमा जिल्लाका सरोकारवाला निकायको चटारो हुन्छ ।

एक बर्षमा कम्तिमा आमाको मुख हेर्ने समय र बाबुको मुख हेर्ने समयमा मिठाई पसलहरुको अनुगमनमा सरोकारवाला निकायको ध्यान केन्द्रीत हुन्थ्यो । तर यो बर्ष त्यस्तो भएन । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने जिल्ला अनुगमन समितिले बुबाको मुख हेर्ने समयमा मात्रै हैन महत्वपुर्ण चाडपर्वहरु दशैं र तिहारको मुखमा समेत अनुगमनको योजना बनाएको छैन ।

राजधानी नजिकै रहेको काभ्रे सरकारी कर्मचारीका लागि उर्बरभुमी हो । बिहान १० बजे सरकारी सवारीमा काभ्रे आउने र ४ बजे फर्कने । काठमाण्डौमै पाएको सुविधा काभ्रेमा आउने सरकारी कर्मचारीले पाउँदै आएका छन् । यस्तै दैनिकी छ, सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको । उनले दैनिक काभ्रे आउने र जानेमै बिताउँदा नियमित बजार अनुगमन हुनै सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले हरेक बर्ष सार्वजनिक गर्ने प्रगती विवरणमा अघिल्लो बर्षको तुलनामा यो बर्ष अनुगममा कमी आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी थापाले नियमित रुपमा गर्नुपर्ने अनुगमनमा बिषयगत संस्थालाई समेत सामेल गर्नु पर्ने भएकाले नियमित रुपमा अनुगमन गर्न नसकेको हुन सक्छ । तर अधिकार सम्पन्न काभ्रेको नमोबुद्ध नगरपालिका बाहेकका अरु स्थानीय तहले बजार अनुगमन गर्न सकेका छैनन् । काभ्रेमा रहेका १३ ओटा स्थानीय तहमध्ये नमोबुद्धले कर्मकाण्ठी बजार अनुगमन गरेपनि अरु स्थानीय निकायले नियमित बजार अनुगमन गर्नै सकेका छैनन् ।

बजारमा कृत्रिम अभाव, विचौलियाका विगविगीहुँदा स्थानीय तहहरुले बजार अनुगमन गर्न सकेका छैनन् । स्थानीय तहले बजार अनुगमनको कार्यविधी बनाएपनि कर्मचारीको अभाव देखाउँदै स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय होस् वा स्थानीय तह, दुबैले समयमै बजार अनुगमन नगर्दा बजारमा कालोबजारीया फष्टाएको छ । स्थानीय तहले कर्मचारी अभाव देखाउँदै बजार अनुगमन नगर्दा त्यसको सास्ती जनताले बेहोर्न बाँध्य भएका छन् ।

काभ्रेका सानादेखि ठूला बजारहरुमा यतीबेला भारतीय कम्पनीका उत्पादनहरु फाष्टफुडहरु पाईन्छ । साना पसलदेखि होलसेलसम्म भारतीय उत्पादनमा ब्रम्हलुट मच्चाईरहेका छन् । बजारमा भारतीय उत्पादनहरुमा शत प्रतिशत मूल्य व्यापारीहरुले उठाउने गरेका छन् । आईसी ५० रुपैया ट्याक रहेको भारतीय उत्पादनहरुमा व्यापारीहरुले सिधै १ सय रुपैया तिर्न बाँध्य बनेका छन् । काभ्रेका मुख्य बजारहरु बनेपा,धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डन देउपुरमात्रै हैन भुम्लु, बेथानचोकमा बजार अनुगमन हुन सकेको छैन ।

स्थानीय तहका प्रमुखहरुले एकोहोरो कर्मचारी अभाव देखाएपनि उनीहरुमा तत्र्परताको अभाव देखिएको छ । काभ्रेमा कम्तिमा मुख्य चाडपर्व अघि हुने बजार अनुगमनले जनताले राहत महसुस गरेपनि यो बर्ष बजार अनुगमनको प्रयास समेत नहुँदा उपभोक्ताहरु गैरखाद्य पदार्थको प्रयोग गर्न बाँध्य बन्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले नुनदेखि तेलसम्म र मासुको समेत अनुगमनमा तत्र्परता देखाउन आवश्यक छ । स्थानीय तहले पनि नयाँ कर्मचारी खोजेर हैन की आफूसँगै भएको कर्मचारीको प्रयोग गरेर बजार अनुगमन गर्नुपर्छ ।


तपाईको प्रतिक्रिया