काठमाडौं । नयाँपत्रिका राष्ट्रिय दैनिक पत्रिकाको रसुवा सम्वाददाता अनु आचार्य सम्मानित भएकी छिन् ।

१२ औ संरक्षण दिवसको अवसरमा लामटाङ राष्ट्रिय निकुञ्जले एक कार्यक्रमको आयोजना गरी आचार्यलाई कदर-पत्रद्धारा सम्मान गरेको थियो ।

लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको जैविक विविधता संरक्षण तथा व्यावस्थापन कार्यमा पत्रकारीता मार्फत गरेको योगदानको उच्च मुल्यांकन गर्दै कदर-पत्रद्धारा सम्मान गरेका हुन् ।

नयाँ पत्रिकाकर्मी आचार्यसँगै कान्तिपुर दैनिकका बलराम घिमिरे र नागरिक दैनिकका जिल्ला संवाददाता हिमनाथ देवकोटालाई कदर-पत्रद्वारा सम्मान गरेको हो ।


तपाईको प्रतिक्रिया