बेथानचोक । क्षेत्रपाल बुढामहांकाल संरक्षण संस्था बेथानचोक ३ ढुंखर्कको प्रथम साधारण सभाले रामहरी शर्मा (तिमल्सिना) को अध्यक्षतामा नया कार्य समिति गठन गरेको छ ।

उपाध्यक्ष सुशिला संजेल , रधुनाथ तिमल्सिना सचिब वेद प्रसाद तिमल्सिना कोषाध्यक्ष वेद प्रसाद तिमल्सिना (गोपाल ) सहसचिव सुन्तलि रुम्बा तथा सदस्यहरुमा भबनाथ तिमल्सिना, दिपक शर्मा तिमल्सिना, रामशरण केसि, मुक्तिनाथ अधिकारी र सरस्वति तिमल्सिना निर्विरोध चयन भएका छन ।

उक्त समितिले महांकाल स्थानमा रहेको बुढामहांकाल मन्दिरलाई संरक्षण गर्दै मन्दिर निर्माण जगा व्यवस्थापन जस्ता कार्य गर्ने अध्यक्ष रामहरी शर्मा तिमल्सिनाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया