बेथानचोक : श्री सरस्वति नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको बिसौँ बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ ।

महिलाहरुको आय आर्जन तथा क्षमता विकासको लागि स्थापना भएको उक्त सहकारीले बेथानचोक गाउँपलिका वडा नं ४ मा सेवा सुविधा दिदै आएको छ । नारी चेतना केन्द्र नेपाल कि अध्यक्ष प्रतिभा सुवेदिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वेथानचोक गाउँपलिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना नारी चेतना केन्द्र नेपाल कि सचिव सृजना पौडेल बेथानचोक गाउँपलिका वडा नं ४ का वडा अध्यक्ष लाल बहादुर श्रेष्ठ नेपाल कम्यनिष्ट पाटिका प्रतिनिधि तेज बहादुर केसि लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए भने संस्थाको बार्षिक प्रगती प्रतिवेदन सचिव राधिका श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सारदा श्रेष्ठले गरेका थिए भने संस्थाको निति तथा कार्यक्रम संस्थाकि अध्यक्ष नानि मैया श्रेष्ठले प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा उत्कृष्ट बाल सदस्य रिकेश श्रेष्ठ र मैया नगरकोटी उत्कृष्ट बचत कर्ता सानमैया नगरकोटि , नुकुमारी श्रेष्ठ उत्कृष्ठ सेयर सदस्य हरीमाया श्रेष्ठ, अम्विका बस्नेत र उत्कृट ऋणि ठुलिमैया तामाङ र गिता बिकलाई प्रमुख अतिथि प्रतिभा सुवेदिले खादा दोसल्ला र सम्मान पत्रले सम्मान गरेकी थिइन । भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष शान्ति खत्रिले गरेकि थिइन भने उक्त कार्यक्रम संस्थाकी अध्यक्ष नानिमैया श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया