बेथानचोक : बेथानचोक गाउपालिका अन्तर्गत रहेको ढंखर्क पहरी चौकिले घरेलु मदिरा नियन्त्रण तथा जाड रक्सि खाई हो हल्ला गर्नेलाई नियन्त्रणमा लिई कार्बाहि प्रक्रिया अगाडि बडाएको छ ।

उक्त पहरीले बेथानचोक गाउपालिका २ र ३ मा रहेका बिभिन्न किसिमका अबैध गाजाका बोटहरु नस्ट गरेको छ र आगामि दिनमा पनि निरन्तर्ता दिइ घरेलु मधिरा तथा गाजाहरु नस्ट गदै जाने प्रहरी चौकि ढुंखर्क प्रमुख कृष्ण बहादुर थापाले जानकारी दिए । उक्त प्रहरी चौकिले बेथानचोक गाउपालिकाको वडा नं १ च्याम्राङबेशि वडा न्ां २ र ३ ढुंखर्क र वडा नं ५ च्यासिङखर्क लगायतका वडाहरु हेर्दै आएको छ ।

ढुंखर्क प्रहरी प्रमुख भएर आएका कृष्ण बहादुर थापाको नेतृत्वमा बेथानचोक क्षेत्रमा बिविध सामाजिक कार्यक्रमहरु हुदै आएका छन भने थापाकै क्रियाशिलताले ढुंखर्कमा प्रहरी चौकिलाई जग्गा उपलब्ध गराई हाल उक्त प्रहरी चौकि निर्माण कार्य सम्पन्नको अन्तिम चरणमा रहेको छ ।


तपाईको प्रतिक्रिया