धुलिखेल । के तपाईँ सार्वजनिक स्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकामा वडा नम्बर ७ लगाएतका वडाहरुमा पछीलो समय निकै नै चोरीको बिगबिगीले गर्दा सिसिटिभी क्यामरा जोड्न वाध्य भएका छन ।

धुलिखेलमा रहेको पुरानो धरोहर हरिसिद्दी मन्दिर र नारायण मन्दिर भित्र धेरै नै चोरी भएको कारण सिसिटिभी क्यामरा जोडेको वडा अध्यक्ष रोमी प्रशाद ब्यान्जुले जानकारी दिनुभयो । एतिहासिक नगर धुलिखेलमा पुराना मठमन्दिरमा रहेको, पर्यटक क्षेत्र भएको ठाउ वा वडा यसरी चोरी हुदा हाम्रो यस धुलिखेलमा पुरानो धरोहर लागएतका सामानहरु र पर्यटकहरु कम हुने भएकोले हामीले यो कदम चालेको उहाको भन्नुभयो । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको ब्यान्जुले बताउनुभयो ।

धुलिखेल वडा नम्बर ७ को बजेटबाट करिब एक लाख ४० हजार छुटाई वडा भरी सिसिटिभी क्यामरा जडान भैरहेको छ । सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने तथा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत आफ्नो जिम्मेवारीप्रति सजग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।


तपाईको प्रतिक्रिया