वीरगञ्ज : नेपालबाट भारततर्फ अवैधरुपमा साइकलमा लगिएको छ लाख मूल्य बराबरको एक हजार ४०० केजी मरिच पर्सा प्रहरीले आज बरामद गरेको छ ।

कुल ५६ बोरा मरिच १४ वटा साइकलमा भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले राससलाई बताउनुभयो । तस्कर भने सुरक्षाकर्मीलाई देख्नासाथ साइकल र मरिच छाडी भागेका थिए । मरिच र साइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।


तपाईको प्रतिक्रिया