भक्तपुर । इप्सन भक्तपुरले विधान दिवसको अवसरमा क्वालिटी सेकेण्डरी स्कूल नगरकोट फेदीको आयोजनामा आयोजनामा राष्ट्रीय गीतमा नृत्य प्रतियोगिता सम्पन्न भयो ।

निकै नै आकर्षक राष्ट्रभावले ओतप्रोत नृत्यहरु प्रस्तुत नृत्य प्रतियोगितामा क्वालिटी स्कुल नगरकोटले प्रथम स्थान हासिल ग¥यो । त्यस्तै सूर्यविनायक ९, भाते ढिकुरका मदरल्याण्ड स्कुल दोश्रो भए । सुर्यविनायक ७ को हिमाल एकेडेमी तेश्रो र सान्त्वना नगरकोट सनराइज स्कुलले हात पार्न सफल भए । प्रतियोगिताको उत्कृष्ट श्रृंगार, भेषभूषाको उपाधि ग्लोबल एकेडेमी र उत्कृष्ट नृत्य निर्देशकको उपाधि पारीजात स्कुलले जित्न सफ भए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि प्रसाद दाहालल पदक तथा पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा यस्ता कार्यक्रमले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटित हुने र विद्यार्थीमा राष्ट्र प्रति प्रेम भाव जगाउने दाहालले बताए । यसैगरी एप्सन भक्तपुरका अध्यक्ष तथा आयोजक स्कूलका प्रिन्सिपल अध्यक्ष जी.बी. खड्काले विद्यार्थीहरुमा राष्ट्रीय भावना विकास गर्न र गराउन राष्ट्रीय गीतमा नै नृत्य प्रतियोगिता गरिैको बताए ।


तपाईको प्रतिक्रिया