बनेपा । काभ्रेको फुटवल विकासमा भुमिका खेलेको बिबिसी क्लवले बनेपा महोत्सव आयोजना गर्ने भएको छ ।

मरुभुमीमा मात्रै पाईने ऊँट सबैका लागि अनौठो हुन्छ । अझ नेपालजस्तो मरुभुमीनै नभएको देशमा उट हेर्न पनि धेरै आकर्षित हुन्छन् । उट हेर्नकै लागि धेरै नेपालीहरु चिडियाखाना र विदेशसम्म पुग्ने बाँध्यता हुन्छ ।

अब उट हेर्नकै लागि विदेश र चिडियाखाना जानै पर्दैन । आगामी अशोज ११ गतेदेखि २१ गतेसम्म बनेपा गोदामचोकमा गए पुग्छ । अझ उटमात्रै हैन उटको नृत्य समेत महोत्सवमा हेर्न पाइन्छ । खेल क्षेत्रमा सकृय रहेको बनेपा ब्वाईज क्लव बिबिसीले विगतको बर्षहरुमा जस्तै यो बर्षपनि आयोजना गर्न लागेको बनेपा महोत्सवको प्रमुख आकर्षणनै उटको डान्स रहन्छ ।

शनिवार बनेपामा पत्रकार सम्मेलन गर्दै बिबिसीले यो बर्षपनि बनेपा महोत्सव–२०७५ आयोजना गर्न लागेको र उटको नृत्यलाई प्राथमिकतामा राखेको मेलाका मुख्य संयोजक एंव कलाकार हरि कर्माचार्यले बताएका छन् । विजयादशमी तथा शुभदिपावलीको अवसरमा क्लवले हाम्रो अभियान,खेलको शान, सँस्कृती र समृद्धि बनेपाको पहिचान भन्ने मुल नाराका साथमा बनेपा महोत्सव गर्न लागेको हो ।

बनेपा व्बाईज क्लवका अध्यक्ष महेश कर्माचार्यद्वारा जारी बिज्ञप्तिमा आगामी अशोज ११ देखि २१ सम्म ११ दिन व्यापारिक, साँस्कृतिक मनोरञ्जनात्मक खेलमेला २०७५ आयोजना हुन लागेको उल्लेख छ । मेलामा कृषि, घरेलु उत्पादन, लगायतका एक सय भन्दा धेरै स्टलहरु रहने छन् । बालबालिकालाई मनोरञ्जन दिनकै लागि वाल उद्यानको समेत व्यवस्था मिलाईने छ ।

बनेपा गोदामचोकको सहकारी भवन भित्र हुने मेलामा राष्ट्रिय स्तरका कलाकारवाट साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । मेला काभ्रेको शान भएकाले सबै क्षेत्रका व्यक्तिहरुको सहयोग आवश्यक रहेको बिबिसीले जनाएको छ । विगतका महोत्सवमा भएका गल्तीहरुलाई यो महोत्सवमा हुन नदिने योजना आयोजकले बनाएको छ ।

मेलामा काभ्रे उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ पनौती, उद्योग वाणिज्य संघ पाँचखाल, उद्योग वाणिज्य संघ धुलिखेल, उद्योग वाणिज्य नमोबुद्धको समेत विशेष सहयोग रहने आयोजकले बताएको छ ।


तपाईको प्रतिक्रिया