बनेपा । गृहमन्त्रालयले साउन १ देखि काठमाण्डौं टिपरहरुलाई बिहान ५ बनेदेखि साँझ ८ बजेसम्म प्रवेशमा रोक लगाएपनि विम्स्टेकको नाममा २ सय भन्दा धेरै टिपर २४ सैं घन्टा संचालन भएका थिए ।

देशकै प्रतिष्ठासँग जोडिएको बिषय भएकाले विम्स्टेकका लागि काम भएकाले विरोध नभएपनि गृह मन्त्रालयको निर्देशन उल्टाउँदै पुनः सडक विभागले २४ संै घन्टा टिपर संचालन गर्न भन्दै महानगरिय ट्राफिकलाई पत्र काटेपछि पुनः ११ ओटा टिपर संचालन हुन थालेका छन् । दिउँसोको समयमा टिपर संचालनमा आएपछि दुर्घटना बढेको भन्दै गृहमन्त्रीको निर्देेशनमा साउन १ वाट टिपर संचालनमा रोकिएपनि सडक विभागले भदौं २७ देखि अशोज १० गतेसम्मका लागि ११ ओटा टिपरलाई संचालनको लागि प्रहरीलाई पत्र काटेको हो ।

काठमाण्डौंको पेप्सीखोला खहरे काँडाघारी बसपार्क निर्माणको लागि आवश्यक रहेको निर्माण सामाग्रीहरुलाई २४ संै घन्टा संचालन गर्नको लागि सडक विभाग मञ्चमाञ्चल कार्यालयका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले पत्र काटेसँगै टिपर संचालन हुन लागेको हो । भदौ २७ गतेवाट वल्ड वाईड÷चाईना जेवीका ११ ओटा पिटर संचालन हुन थालेका छन् । सरकारले अरुलाई रोक लगाउँदै केही टिपर मात्रै संचालनको अनुमती सडक विभागका अनुरोधमा प्रहरीले दिएसँगै व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

वागमती टिपर व्यवसायी संघका निमित्त अध्यक्ष प्रेम तामाङले कानुन सबैलाई बराबर लाग्नु पर्नेमा जनतालाई फरक कानुन र सरकारी निकायलाई फरक कानुन लाग्नु दुखदायी भएको बताए । उनले ११ ओटा टिपर संचालन गर्दा आफूहरुलाई आपत्ति नभएको तर सबैले निर्वाध रुपमा दिउँसो समेत संचालन गर्न पाउनु पर्ने बताए ।


तपाईको प्रतिक्रिया