
बाग्लुङ : बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएको छ । बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा गएराति साढे ११ बजेदेखि गएको पहिरोका कारण खोला थुनिएको हो ।
ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको भर्याङ् क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । खोला थुिनएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका केही घर डुबानमा परेका छन् भने खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिमा परेका छन् ।