पछिल्लो समय दैनिक जसोबलातकारका घटनाहरु घटिरहेका छन् । कतिपय घटनाहरु बाहिर नै आउन नसकेका पनि हुनसक्छन् । तर सधै जसो आइरहने समाचारले बलातकारका घटनाहरु बढिरहेको देखाउँछ।

पछिललो समय कानूनी कार्वाहीमा कडा गरिएको भएपनि बलात्कारका घटनाहरु समाजमैमिलाउने, ललाई फकाई वा धम्की दिने वा झुटो आरोपमा समाप्त पार्ने जस्ता षडयन्त्रहरु पनि हुने गरेका घटनाहरु बेला बेलामाबाहिरीने गरेका छन् । केही दिन यता अझ पीडादायी कुरा त बलात्कार  पछि हत्यासम्म भएका घटनाहरु बाहिरिरहेका छन् । यसले समाज कति हिंशात्मक बनिरहेका छर अपराधीहरुलाई कानूनी दण्डको अलिकति पनि हेक्का नभएको पुष्टिहुन्छ।

जब राज्य कमजोर हुन्छ तब अपराधीहरुले टाउको उठाउने मौका पाउँछन् । विस्तारै राजनीतिक स्थायीत्व प्राप्त गरेको मुलुक सवृद्घिको यात्रामा वामेसर्दै छ तर दैनिक जसो हुने बलात्कारका घटनाले समाजमा त्रासदी र कुन समय गृहयुद्घ मचाउने हो भन्ने भय सृजना गरिरहेको छ। कंचनपुरमा त प्रहरीले नै मानशिक रोगीलाई बलात्कारी देखाएर बलात्कार र हत्या गर्ने अपराधी बचाउन खोजेको समाचारहरु आइरहेका छन् ।

त्यसैले राज्यले बलात्कारका अनुसनधान र कार्वाहीका लागि प्रहरी मात्र हैन सरकारीस्तरबाट पनि जहिल्यै एउटा छुट्टै संयन्त्र बनाउन जरुरी छ। उक्त समन्यत्रको अनुसन्धान बलात्कार लगत्तै गर्ने र त्यसको रिपोर्ट गोप्य रुपमा गृहमा पठाउन र प्रमाणहरु सुरक्षित गर्न जरुरी देखिएको यदी कुनै घटनामा चलखेल वा मिलापत्र देखिएको भेटिएमा आफ्नो अर्को संयनत्रले गरेको अनुसनधानबाटपुनः अपराधीसम्म पुग्ने हरप्रयत्न गर्नु जरुरी छ।

बलात्कार एक जगन्य अपराध हो । कोखे वालिकादेखि वृद्घासमम बलात्कारीकोशिकार बन्नु सभ्य समाजलाई गिज्याउने घटना हुन् । नागरिक स्तरबाट पनि बलात्कारीलाई पहिचान गर्न र घटनालाई निरुसाहित गर्न हरहमेशा चनाखो र सत्रक हुनु ुखाँचोछ।


तपाईको प्रतिक्रिया