अहिले मुलुकमा नयाँ कानून अर्थात मुलुकी संहिता लागू भएको छ । मुलुकी संहिताको विषयलाई लिएर कतिपय असन्तुष्टिहरु पनि आइरहेका देख्न सक्छौ ।

नियम र कानूनभन्दा ठूलो कोही हुँदैन भन्ने समान्य हेक्का समेत नराखी जुनसुकै विषय वस्तुमा पनि असहमति राख्ने र कानून विपरित गतिविधि गरेर राज्यलाई नै चुनौती दिनेहरु यत्रतत्र भेटिन थाल्नु चिन्ताको विषय हो ।

आफ्ना असमतीहरु कानूनी तरिकाले दर्ज गर्ने बाटो हुँदा हुँदै पनि कतिपयहरु कानूनी राज्यको बर्खिलापमा लागेको देख्दा मुलुक अझै द्घन्द्घको भूमरीमा पर्ने त होइन भन्ने आम चासो र चिन्ता हुनु स्वभाविक पनि देखिन्छ ।

भर्खरै मात्र सरकारले ल्याएको मुलुकी संहितामा चिकित्सकहरुले लार्पवाही गरेको प्रमाणित भए कानून अनुसार कार्वाही हुने व्यवस्थाको विरुद्घमा चिकित्सकहरु आन्दोलित छन् ।

आफ्ना असहमतीलाई कानुनी तरिका र सभ्य तरिकाले प्रस्तुत गर्ने बाटो भुलेर चिकित्सक जस्तो सम्मानित पेशाका व्यक्तिहरुले विरामीकै उपचार जस्तो संवेदनशिल विषयलाई ख्याल नगरी अस्पताललाई अस्तव्यस्त बनाउन खोज्नु कदापी ठिक होइन । त्यसो त पछिल्ला समयमा भएका कतिपय अपराधका घटना पछि पनि मानिसहरु कानूनी राज्यको विश्वास नगरी अराजक आन्दोलन गरिरहेका छन् । हो अपराधीहरु जो सुकै भएपनि कानूनबाट उन्मुक्त हुने वातावरण बनाइनु हुन्न तर अपराधीको कार्वाहीको नाउँमा मनपरी आन्दोलन गर्दा थप क्षती र समाज झन् अस्तव्यस्थ भइरहेको छ त्यस तर्फ सबैको ख्याल जान जरुरी छ।

हामी नेपालीहरु यत्तिखेर मुलुक सवृद्घ बनाउने अभियानमा छौ, भुकम्प पछिको पुर्न निर्माण र द्घन्द्घले थिलथिलो भएको अर्थतन्त्र उठाउनु हाम्रो चुनौती हो । यसका लागि हामी सबैले राज्य निर्माणको अभियानमा लाग्नु अपरिर्हाय छ । राज्य निर्माण जस्तो महान अभियान कुनै एक दुईजनाको जिम्मेवारीको विषय होइन यसका लागि सबै नेपालीहरुले आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु, रचनात्मक बन्नु सरकारले गलत गरे वा गर्न खोजे खबरदारी गर्नु र प्रतिपक्षले सरकारको मनिटरिङक गर्नु आवश्यक छ जुन सकुै विषयमा पनि बखेडा झिक्नु र कानूनी राज्यलाई कमजोर बनाउनु भने किमार्थ राम्रो होइन । त्यसैले सबैले कानुनी राज्य स्थापित गर्ने अभियानमा लाग्नु आजको आवश्यकता हो ।


तपाईको प्रतिक्रिया