बनेपा/कलाकारहरुको साझा मंचको रुपमा परिचय बनाउँदै गएको नाट्यकर्मी महासंघ काभ्रेले हरेक वर्ष झैं यसबर्ष पनि बनेपा बसपार्कमा तिज विशेष साँस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ ।

हिन्दु नारीहरुको महान पर्वको रुपमा चिनिएको हरितालिका तीजको अवसरमा विगत केहि वर्षदेखि निरन्तर कार्यक्रम गर्दै आएको नाट्यकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतिले दर्शकहरुले भरपूर मनोरंजन लिएको कार्यक्रम संयोजक सुनिता बखुन्छेले बताइन् । घाम पनिको समेत परवाह नगरी हजारौं हजार दर्शकहरुले कार्यक्रममा साथ दिएकोले नाट्यकर्मी महासंघले हरेक वर्ष कार्यक्रम गर्दै आएको बखुन्छेले बताइन् ।

बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित कलाकारहरु बिशाल थिङ, दिनेश लामा, साबित्री राना मगर, मान मोक्तान (मियाङ), रविन्सन श्रेष्ठ, अनिसा लामा, कमल दाहाल, पवित्रा बस्नेत, मदन विष्ट लगायतले आकर्षक गीत मार्फत दर्शक झुमाएका थिए ।

त्यस्तै आकर्षक प्रस्तुति मार्फत हाँस्य कलाकार जादुगर गणेश केसीले दर्शकहरुलाई नतमस्तक बनाएका थिए । उनको आकर्षक प्रस्तुतिमा लदर्शक रमाएका थिए । नृत्यकारहरु आश्मा खत्री, पुष्पा केसी, दिब्यश्वरी श्रेष्ठ, सबिना लामा, सुन्दरी लामाको आकर्षक नृत्य रहेको कार्यक्रममा भोला दाहाल, सबिना हुमागाईको समेत प्रस्तुति रहेको थियो ।

संस्थाका सभापति अमरकृष्ण चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाट्यकर्मी महासंघका आजीवन सदस्य राजेन्द्र केसी, मोडल, कलाकार स्वेता गोले, निर्देशक विष्णु रिजाल, संगीतकर्मी संघ काभ्रेका सदस्य संकल्प थिङ, नाट्यकर्मी, कलाकार शुसिल सैंजु, सुनिल जिम्बा लगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया