पर्वत / पछिलो समय किसानहरु माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसानहरु त्यसतर्फ आकर्षित भएको देखिन थालेको छ  ।

मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका थिए । सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौँसम्म बिक्री हुने गरेको छ । सो फार्मको कारोवार बढेपछि अन्य किसानसमेत माछापालनतर्फ आकर्षित भएका हुन्  ।

ट्राउट माछा प्रतिकिलो रु एक हजारदेखि रु एक हजार २०० सम्ममा बिक्री भइरहेको छ । शर्माले पाँच वर्षदेखि सो फार्म सञ्चालन गर्दै आउनु भएको छ । दुई वर्षअघि बाढीले माछापोखरी बगाएपछि संरचना पुनःनिर्मण गरिएको हो ।

शर्मा र तिमिल्सिनाले उक्त फार्मबाट पहिलो वर्ष रु पाँच लाख आम्दानी गर्नुभयो । फार्मसम्म सडक सुविधा नहुँदा पोखरीको माछा बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या हुने गरेको छ । पातीखोला नजीकैको अम्बोटमा स्थानीयवासी लालबहादुर हरिजनले ६ वर्षदेखि नमूना व्यावसायिक फार्म सञ्चालन गर्नुभएको छ । पोखराबाट माछाको माग अत्यधिक आउने गरेको छ । गत साता ६ क्विन्टल माछा पोखरा लगेर बिक्री गरेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया