काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर न.पा-७ इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

पौडी खेल्दा तेमाल गाउँपालिका ४ कल्लेरिका ५२ वर्षीय रामबहादुर दमाइलाई इन्द्रावती खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले बताउनुभयो ।

रामबहादुर दमाइ मण्डनदेउपुर-७ स्थित बुद्धिमान दनुवारको इट्टाभट्टामा काम गर्दै आएका थिए । इन्द्रावती नदीमा बेपत्ता भएका दमाइको खोजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया