धनगढी । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ ख ९११४ को बस आज बिहान  डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै ८० देखी १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

 


तपाईको प्रतिक्रिया