बनेपा । काभ्रेको पुरानो तथा प्रतिष्ठित सहकारी चण्डेश्वरी बचत तथा ऋण सहकारीको रजत महोत्सव तथा संस्थापक अध्यक्ष सहकारीकर्मी ज्योतीप्रकाश संंैजुको स्मृतीमा आयोजना गरेको जिल्ला व्यापी भलिवल प्रतियोगिताको उपाधी डाँडापारिको खानीखोला गाँउपालिका‘ए’ले जितेको छ ।

जिल्लाको कर्णाली भनेर चिनिने काभ्रेको डाँडापारि क्षेत्रमा रहेको खानीखोला गाँउपालिकाको लगातार दोस्रो जिल्ला व्यापी भलिवल प्रतियोगितामा विजयी बनेको हो । केही समयअघि भएको बेथानचोक कपको उपाधी जितेको खानीखोलाले चण्डेश्वरी बचत तथा ऋण सहकारीले रजत महोत्सव तथा संस्थापक अध्यक्ष ज्योतीप्रकाश सैंजुको स्मृतिमा आयोजना गरेको जिल्ला व्यापी भलिवल प्रतियोगिताको उपाधी जितेको हो । बुधवार भएको फाईनल खेलमा खानीखोला‘क’ ले पनौती–९ लाई पराजित गरेर उपाधीमाथि कब्जा जमाएको हो । वेष्ट अफ फाईभको खेलमा खानीखोलाले २५–२०,९–२५, २५–१८ र २५–२१ को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा तेस्रो स्थान भने काभ्रे भलिवल संघ भयो । उसले गौखुरेश्वर युवा क्लव धुलिखेललाई पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुने खानीखोलाले ३० हजार नगद तथा ट्रफी हात पार्याे भने दोस्रो हुने पनौतीले २० हजारमा चित्त बुझायो । तेस्रो भएको काभ्रे भलिवल संघले १० हजार नगद हात पार्याे ।

चण्डेश्वरी साकोसको रजत महोत्सव तथा पूर्व अध्यक्ष ज्योतीप्रकाश संंैजुको स्मृतीमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी खानीखोलाका सुमन थोकर भए । प्रतियोगिता भरमा अनुशासित टिम डाँडापारिकै महाभारत गाँउपालिका, स्पाईकर सौगात केसी, ब्लकर यादव केसी, लिफ्टर दिनेश राना, डिफेन्स लक्ष्मण तुसुजु, सर्भिस हरिनारायण श्रेष्ठ तथा नव प्रतिभावान खेलाडीको उपाधी राम श्रेष्ठले पाएका छन् ।

चार दिनसम्म संचालन भएको प्रतियोगितामा जिल्लाभरका १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई पूर्व उद्योग राज्यमन्त्री कंचनचन्द्र वादे तथा संस्थाका अध्यक्ष विकास वादेले पुरस्कार वितरण गरेका थिए ।


तपाईको प्रतिक्रिया