पाँचखाल । सामाजिक काम गर्न पद चाहिदैन ईच्छा शक्ति भए पुग्छ । उनको ठुलो पद छैन । तर सामाजिक काममा तिव्र ईच्छा शक्ति छ । पाँचखालको सहकारीको तिज विशेष कार्यक्रममा दर खाएर गाँउनै सिकिस्त बिरामी परेको खबर सुने लगत्तै अस्पताल कसरी ल्याउने र उपचार सहज रुपमा गराउन सकिन्छ भनेर सुरुवातमै चासो नेकपा काभ्रेका नेता एव पाँचखालका युवा समाजसेवी कंचन अधिकारीले देखाए ।

पाँचखालको समस्यामा चासो धेरैको भयो, सहयोग सयौवाट गरियो । केहीले पद र प्रतिष्ठाको निम्ती गरे केहीले विशुद्ध सामाजिक भावनाले सहयोग गरे । त्यो सामाजिक भावनाले काम गर्नेको अग्रपंक्तिमा देखाए कंचन । उनलाई पाँचखाल–१२ का स्थानीय रामचन्द्र श्रेष्ठले एकाविहानै फोन गरे । स्वाभलम्बन सहकारीको दर खाने सबै सिकिस्त बिरामी छन् लौन केही गरौ । उनले फाने राख्ने वित्तिकै सहकारीका अध्यक्ष भैरव सेढाईलाई बिहान ६ बजे फोन गरे ।

‘भैरवजी आफै बिरामी परेको सुनेपछि अवस्था जटिल मैले बुझे र उपचारको कसरी गराउने भनेर योजनामा लागे’धुलिखेल अस्पताल परिसरमा बिरामीलाई जीवनजल खुवाउँदै गरेका अधिकारीले भने । उनले तत्कालै गृहमन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य विभागका महानिर्देशकसँग सम्पर्क गरेर त्यहाँको अवस्था बारे जानकारी गराए ।

सुरुमा विपद् भएकाले जोखिम कम कसरी गर्न सकिन्छ भनेर मैले योजना बनाए । महिला र केटाकेटी बिरामी परेको खबरले मलाई भावुक बनायो अनि उपचार कुनै पनि हालतमा गर्नु पर्छ भनेर गृहमन्त्रालयका सचिव पे्रम राईलाई फोन गरे कंचनले सुनाए । स्वास्थ्य मन्त्रालयका महानिर्देशक गुणराज लोहनीसँगको सिरियस वार्ताले उपचार निशुल्क संम्भव भयो ।

उनले भने यो मेरो एकल प्रयासवाट मात्रै भएको पक्कै हैन तर वार्ता र उपचार चाहिएको समयमा मैले वार्तामा पाँचखालवासीको प्रतिनिधित्व गरे । मेरो आग्रहलाई सरकारले सुन्यो र निशुल्क उपचार भयो मंगलवार साँझ धुलिखेल अस्पतालमै भेटिएका कंचनले सुनाए ।
शनिवार साँझ धुलिखेल अस्पतालमा भेटिएका कचन निरास अनि गम्भिर थिए । तर मंगलवार उत्साहित देखिन्थे र उपचार भैरहेकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना उनले गरिरहेका थिए ।

उनले पटक–पटक लोकप्रियता कमाउन र राजनीति गर्नको लागि सहयोग गरेको नभइ विपद्मा परेकाहरुले तत्कालै उद्धार गरि अस्पतालसम्म ल्याएर उपचार गर्न र उपचार गरेपछि घरसम्म बिरामीलाई लाने वातावरण सृजना गरेको बताए । उनले यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भने विपद्मा सबै मिलेर गरेको कामनै गर्विलो हुन्छ ।

उनले काभ्रेका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय नेपाल प्रहरी, राष्ट्रिय अनुशन्धानका अधिकृतहरुले खेलेको भुमिकाको कारण सबैको उपचार संम्भव भएको बताए । धेरैको ज्यान जान सक्थ्यो त्यसो नहुनुमा सबैको उच्च योगदान भएको कंचनले अनुभव सुनाए ।

उनले सरकार र गैरसरकारी, जिल्ला प्रशासन, नागरिक समाज, पत्रकार र जनप्रतिनिधीको भुमिकाले समयमै अस्पताल लान सकेको बताए । अझ एकै पटक धेरै बिरामी हुँदा बिरामी भएको ठाँउवाट अस्पतालसम्म र उपचार गरेर घरसम्म लैजान पाँचखालको गोल्डेन फ्यूचर बोर्डिङ स्कूलसँगै सरस्वती बोर्डिङले निशुल्क बस सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए ।


तपाईको प्रतिक्रिया