धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका –२ बाह्रकिलोमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नं को मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया