काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भ्रमण फलदायी रहेको बताए। उनी गत बिहिबार भारत प्रस्थान गरेका थिए।

भारत भ्रमणमा हुँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य राजनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेका थिए। २०७४ मा संसदीय चुनाव भएर नेकपाको सरकार गठन र पार्टी एकतापछि दाहाल पहिलो राजनीतिक भ्रमणका लागि भारत गएका हुन् ।

उनी असोज १ गते चीन जाने कार्यक्रम छ।


तपाईको प्रतिक्रिया