धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ११ शंखुपार्टीचौरको श्री पार्टीचौर साना किसान सहकारीको सातौ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

क्षेत्र नं १ प्रदेश २ का संसद चन्द्र लामाको प्रमुख आथित्यमा सस्थाको अध्यक्ष सिताराम भट्राईको सभापतित्वमा सस्थाले साधारण सभा गरेको छ ।
सो सभामा बोल्दै प्रमुख अथिति संसद चन्द्र लामाले यो बेल्डको सम्पुर्ण किसानहरुको समस्याको बिषयमा प्रदेश सरकारमा कुरा भइरहेको बताए । यहाँ सुन्तलाको पकेट क्षेत्रमा भएको समस्या र उत्पादनमा कमीको बिषयमा प्रदेशको कृषि मन्त्री संग छलफलसमेत गरिसकेको लामाले बताए ।

किसानले सुन्तलाबाट धेरै भन्दा धेरै आम्दानीलिनको लागि यो क्षेत्रको लागि महत्वपुर्ण रहेको यहाँको बिकासको लागि नितन्तर लागिरहेको बताए । म निर्वाचित भएपछि यो दाहालटार, शंङखु हुदै चौकी डाडाँ पुग्नेबाटोलागि पहल भइरहेको लामाले बताए । उक्त सभामा बोल्दै बिषेश अथिति साना किसान लघु बितिया सस्था इकाइको केन्द्रिय प्रबन्धक उर्मिला खनालले यहाँको साना किसान सहकारीले स्थानिय किसानहरुको बिचमा धेरै राम्रोकाम गरेको बताए ।

यहाँ किसानहरुको जागरुकता राम्रो भएको कृषि प्रबिधिक सल्लाह लिएर आम्दानिको बाटो खुल्ने काम गरेकोमा धेरै राम्रो भएको बताए । सो कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका वडा नं १२ का वडा अधयक्ष हर्क बहादुर तामाङले धुलिखेल नगरले सहकारी ऐन बनाएर सहकारीहरुलाई ब्यवस्थित बनाउन लागेको बताए । अहिले सहकारीबाट दुध चिस्यान र तरकारी संकलन केन्द्रहरु चलाएर राम्रो गरेको बताए ।

यो क्षेत्र कृषि संगै पर्यटकियरुपमा प्रचुर सम्भावन रहेको नजिकै प्रशिद्ध नमोबुद्ध क्षेत्र रहेकोले यहाँ होमस्टेहरु संचालन गरेर आम्दानि लिन सकिने वडा अध्यक्ष तामाङले बताए । सो कार्यक्रममा धुलिखेल नगरपालिका कृषि शाखाको देबराज कोइराला, पशु शाखाको राजकुमार हुमागाई लगायतले सस्थाको बारेमा बोलेका थियो ।
उक्त कार्यक्रममा धुलिखेल कृषि शाखाबाट साना किसान सहकारीलाई ५० प्रतिशत अनुदानमा पाएको मकै छोडाउने थ्रेसर ६ थान बितरण गरिएको थियो ।

सस्थाको साधारण सभामा उत्कृष्ट किसान टिका माया अधिकारी, उत्कृष्ट ऋणि मन्दिरा थापा र उत्कृष्ट बाल बचत र डमर्की तालिम लिएकाहरुलाई प्रमुख अथितिको हाटबाट सम्मान सहित प्रमाण पत्र बितरण गरिएको थियो ।
सस्थाले बिगतमा डमर्की तालिम संचालन गरेको, पशु क्षति बिमा रकम बितरण गरेको मल बिउ बितरण गरेको र आगामि यो बर्षमा सस्थाको नाममा जग्गा लिएर भवन निर्माणको लागि पहल गर्ने, सस्थाले अर्गानिक खेतिको लागि पहल र समुहगत खेतिगर्ने, सचेतना तालिम संगै कम्पोष्टमलको पुर्तिगर्ने योजना रहेको सस्थाको अध्यक्ष सिताराम भट्राईले बताए ।


तपाईको प्रतिक्रिया