काठमाडौं । पोखरा महानगरको लेखनाथमा रहेको बेगनास तालमा डुंगा दुर्घटना भएको छ । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ ।  ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।

तीन जनाको उद्दार गरिएको छ । उद्दारपछि उपचारको लागि अस्पताल पु¥याइएकी  ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई ) र ३२ वर्षिय जमुना कडेंल (गैह्रे० को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

५ वर्षिय प्राचीन पौडेल, ७ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ वर्षिय रवी खनाल तालमा बेपत्ता अझै बेपत्ता छन् ।  उनीहरुको खोजीकार्य भइरहेको छ । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार गरिएको प्रहरीले जनाएको छ । डुंगामा एक्लै गएका कमल कंडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो ।

शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफना बालबच्चा सहित ८ जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरान माइततर्फ गएका थिए। बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वर्षिय प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल उद्दारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुंगाको सन्तुलन गुम्यो । डुंगा पल्टियो । सबै तालमा खसे । तालमा डुंगा पलिटए लगत्तै स्थानीयबासी उद्दारमा जुटेका थिए । निशा र सपना भने पौडी खेल्न जानेकै कारण उनीहरुलाई स्थानीयले तत्कालै उद्दार गरी बाहिर निकाले । उनीहरुको अवस्था सामान्य छ ।

कमल कडेंल भने आफन्तलाई डुगा चढाई पठाएपछि एक्लै डुंगा लिएर गएका थिए । कमल आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखे । त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए । उनलाई पनि समयमै उद्दार गरिएको थियो ।


तपाईको प्रतिक्रिया